
गोरखा । गोरखामा समेत इ- पासपाेर्ट सुरु भएकाे छ । इ- पासपाेर्ट सुरु भएसंगै जिल्ला प्रशासन कार्यालय गोरखाले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को लागि फारम संकलन नगर्ने भएको छ । प्रशासकिय अधिकृत चुणानिधि तिवारीले आज एक सुचना जारी गर्दै अबदेखि कार्यालयले एमआरपी फारम नलिने बताएका हुन् ।
राहदानी बिभागबाट विद्युतिय राहदानी ई–पासपोर्ट जारी गर्ने काम सुरु भएकाले जिल्ला प्रशासनबाट हुने फारम संकलन तथा द्रुत सिफारिस संम्बन्धी काम नगर्नु भन्ने निर्देशन आएपछि प्रशासनले काम रोकेको हो । तत्काल पासपोर्ट चाहिनेहरुले भने प्रमाण सहित कागजात पेश गरेर एमआरपी फारम भरी द्रुत सेवा लिन सक्नेछन् ।
