• सोमबार, असोज ५ २०८३

बलिउड फिल्म नाटु नाटु गीतमा कभर डान्स बनाएर भाइरल बन्दै नेपाली दाजुभाइ


शुक्रबार, मंसिर ३ २०७८
545
Shares

बलिउड फिल्म राजमौलीको आगामी फिल्मको नयाँ गीत ुनाचो नाचोु उर्फ ुनाटु नाटुु ले संसारभरका दर्शक नचाइरहेको छ।

तेलगु स्टारद्वय रामचरण र एनटिआरबीच छायांकन गरिएको यो गीत प्रेम रक्षितको कोरिओग्राफीमा बनेको हो। यसको फुटस्टेपबाट धेरै जना आकर्षित छन्।

टिकटक र अरू सामाजिक सञ्जालमा कभर डान्स बनाउनेहरूबीच रामचरण र एनटिआरको फुटस्टेपसँग तालमेल मिलाउने प्रतिस्पर्धा नै चलेको छ।

यो प्रतिस्पर्धामा नेपालका दुई किशोर अरूभन्दा धेरै अघि देखिएका छन्।
गत शुक्रबार सार्वजनिक यो गीतको तेलगु भर्सनमा वीरगन्जका अभय चौधरी र आयुष चौधरीले तीन दिनअघि कभर भिडिओ बनाएर सार्वजनिक गरेका थिए।

भिडिओमा उनीहरूले रामचरण(एनटिआर जोडीको डान्स र आफ्नो डान्स सँगसँगै राखेका छन्। उनीहरूले डान्स स्टेप सिक्न चाहनेका लागि कभर भिडिओ पनि बनाएका छन्। ुनाटु नाटु ट्युटोरियलु नाम दिइएको यो भिडिओले अहिलेसम्म ५० लाख भ्युज काटिसकेको छ।

एमएम किरवानीको संगीतमा बनेको नाटु नाटुमा आधारित उनीहरूको कभर भिडिओलाई चर्चित भारतीय कलाकार र डान्सरले समेत सेयर गरेका छन्।

उनीहरूको कभर भिडिओ ुआरआरआरु फिल्मको आधिकारिक ट्विटर ह्यान्डलबाट समेत ट्विट भइसकेको छ।
कभर भिडिओ बनाएर भाइरल बनेका यी नेपाली दाजुभाइ को हुन्रु

अभय र आयुष ुए(स्क्वायर क्रूु नामबाट चिनिन्छन्। नाटु नाटुको भिडिओ ए(स्क्वायरले यही नामको आफ्नो युट्युब च्यानलमा राखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार