• आइतबार, भाद्र २१ २०८३

९ वटा अस्पतालबाट रेबिजविरुद्ध सुइ निशुल्क लगाउने व्यवस्था


बिहिबार, मंसिर २ २०७८
610
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही मंसिर ५ गतेबाट देशभरका ९ वटा अस्पतालबाट रेबिजविरुद्ध नि:शुल्क सुइ लगाउने व्यवस्था मिलाएको छ। बिहीबार पत्रकार सम्मेलन गरी मन्त्रालयले ‘रेबिज इम्युनो ग्लोबुलिन’ को सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको जनाएको छ।

मन्त्रालयले प्रदेश १ को कोशी अस्पताल विराटनगर, प्रदेश २ को जनकपुर अस्पताल धनुषा, बागमती प्रदेशको मदन भण्डारी, स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा, नारायण अस्पताल बीरगञ्ज र भरतपुर अस्पताल चितवनमा सो व्यवस्था मिलाएको हो। 

यस्तै, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा ‘रेबिज इम्युनो ग्लोबुलिन’ को सेवा प्रवाह गरिएको छ। 

तत्काल सातै प्रदेशका प्रमुख अस्पतालहरुबाट लिन सकिने सो सेवा आगामी दिनमा सबै जिल्लामा व्यवस्था मिलाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री विराेध खतिवडाले बताए।

रेबिज लाग्नसक्ने शंकास्पद जनावरले टोकेमा देशका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा एन्टी रेबिज भ्याक्सिन टिकट शुल्क लिएर मात्र लगाउने व्यवस्था छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार