• सोमबार, असोज ५ २०८३

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि उपभोक्तालाई घटेन कर


बिहिबार, मंसिर २ २०७८
485
Shares

लकडाउनयता २१ पटक बढ्यो, ४० रुपैयाँ महँगियो ।

लकडाउन हुनुअघि २०७६ साल चैत ३ गते पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ थियो । यस्तै, उक्त मितिमा डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ थियो । त्यसपछि, कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न २०७६ साल चैत ११ गते लकडाउन घोषणा भयो ।

लकडाउन घोषणासँगै सार्वजनिक र निजी सवारीसाधन चल्न बन्द भयो । विश्व बजारमै पेट्रोलियम पदार्थको माग ह्वात्तै घटेपछि आयल निगमले चैत १९ गते मूल्य समायोजन गर्दै पेट्रोलको प्रतिलिटर ९६ र डिजेलरमट्टितेलको ८५ रुपैयाँ तोक्यो ।

लकडाउन अघिको मूल्यबाट एकपटक घटेपछि भने पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको–बढ्यै छ । चैत १९ गते यता अहिलेसम्म निगमले २१ पटक मूल्य बढाइसकेको छ ।

यस्तै, यो अवधिमा २४ पटक मूल्य समायोजन भइसकेको निगमले जनाएको छ । खासगरी, अन्तरराष्ट्रिय बजारमै मूल्य बढेको र विनिमयदर उकालो लागेसँगै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको निगमले जानकारी दिएको छ ।

कोभिड–१९ महामारी शुरू हुँदै गर्दा अन्तरराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल ५५ अमेरिकी डलर थियो । जुन, अहिले बढेर ८३ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार