• सोमबार, असोज ५ २०८३

कक्षा १२ को परीक्षाफल मंसिर दोस्रो साता सार्वजनिक गर्ने तयारी


बिहिबार, मंसिर २ २०७८
495
Shares

कक्षा १२ को परीक्षाको नतिजा मंसिर दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ। 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार मंसिर  १५ भित्र परीक्षाफल निकाल्नेगरी काम भइरहेको हो।

अहिले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने काम भइरहेका छन्। 

गत भदौमा होम सेन्टरमा भएको कक्षा १२ को परीक्षामा झन्डै ४ लाख विद्यार्थी सहभागी भएका थिए। 

कोरोना महामारीका कारण यसअघि दुईपटक मिति तोकेर पनि परीक्षा स्थगन गर्नुपरेको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार