• सोमबार, असोज ५ २०८३

गोरखाका २२ बर्षका युवक लागू औषध सहित पक्राउ


मंगलबार, कार्तिक ३० २०७८
645
Shares

गोरखा । गोरखाका २२ बर्षका युवक अबैध लागू औषध सहित पक्राउ गरेको छ ।

शहिद लखन गाउँपालिका ७ घर भएका मनिष श्रेष्ठ लागु औषध सहित बिराटनगरबाट पक्राउ परेका हुन् । पक्राउ परेका श्रेष्ठबाट प्रहरीले अवैध लागूऔषध २८४ ट्याब्लेट नाईट्राभेट, ७७ एम्पुल डाईजेपाम, ७७ एम्पुल लुपिजेसिक र २३ एम्पुल एभिल समेत बरामद गरेकाे जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनलाई लागु औषध सम्वन्धी मुद्वा दर्ता गरी थप अनुसन्धान भई रहेको बिराटनगर प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार