• सोमबार, असोज ५ २०८३

नेपाली सेनाको ट्रक गोरखामा दुर्घटना


आइतबार, कार्तिक २८ २०७८
770
Shares

गोरखा । नेपाली सेनाको ट्रक गोरखामा दुर्घटनामा परेको छ। अजिरकोट गाउँपालिकाको भच्चेकमा तालिममा प्रयोग हुने सामग्री पुर्याएर फर्कने क्रममा ट्रक दुर्घटना भएको नेपाली सेनाका मेजर प्रकाश परियारले जानकारी दिए।

लु १ ग १३९ नम्बरको ट्रक सिरानचोक गाउँपालिका ५ भालुमारा भन्ने ठाउँमा सडकबाट करिब ३० मिटर तल खसेको छ। ट्रकमा चालक र एक जना कमाण्डर रहेको उनले बताए। दुबै जनाको अवस्था भने सामान्य रहेको र ट्रकमा धेरै क्षती भएको छ।

ब्रेक फेल भएर दुर्घटना भएको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार