• सोमबार, असोज ५ २०८३

मुस्ताङको कोवाङमा भीषण हिमपहिरो (भिडियाेसहित)


आइतबार, कार्तिक २८ २०७८
1K
Shares

हिमालपारिको जिल्ला मुस्ताङको कोवाङमा भीषण हिमपहिरो आएको छ।

आइतबार बिहान ११ बजेर ४० मिनेटमा टुकुचे पिक हिमालबाट हिम पहिरो खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन्। 

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार अहिलेसम्म हिमपहिरोका कारण भएको मानवीय क्षतिको विवरण आइसकेको छैन।

तर हिमपहिरो झरेपछि आत्तिएर भाग्ने क्रममा विद्यार्थीसहित सातजना स्थानीय घाइते भएका छन्। शर्माका अनुसार अहिलेसम्म उनीहरुको खुट्टा भाँचिएको र मर्किएको विवरण आएको छ। 

उनीहरुलाई अहिले जोमसोमस्थित अस्पताल पठाइसकिएको प्रजिअ शर्माले बताएका छन्। ‘यहाँ अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन’, उनले भने, ‘तर चौंरीको चरन भएकाले त्यहाँ केही चौंरी परेको हुन सक्छ।’

भिडियाे

https://fb.watch/9gCfvsv_04/

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार