• सोमबार, असोज ५ २०८३

बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


आइतबार, कार्तिक २८ २०७८
1.4K
Shares

काठमाडौँ-  नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो । तेजाबी सुन आज प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर एक हजार २९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार