• सोमबार, असोज ५ २०८३

भारतमा भएको तालिममा नेपालका तीन इन्सपेक्टर पुरस्कृत


शनिबार, कार्तिक २७ २०७८
745
Shares

इन्डियन पुलिस सर्भिस (आईपीएस) तालिममा नेपाल प्रहरीका तीन निरीक्षक (इन्स्पेक्टर) उत्कृष्ट भएका छन्।

भारतको हैदारावादमा आयोजित तालिममा इन्स्पेक्टर अनिल थापा, किरण राउत र सिमोन धिताल पुरस्कृत भएका हुन्।

आउटडोरतर्फ द बिएसएफबाट थापा, द जयपुर कपबाट राउत र धिताल पुरस्कृत भएका हुन्। उनीहरुलाई भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले अवार्ड प्रदान गरेका छन्।

५० हप्ता लामो तालिममा नेपालबाट ५ जना सहभागी भएका थिए। तालिम सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमी हैदारावादमा भएको तालिमको समापनमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि हैदारावाद पुगेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार