• सोमबार, असोज ५ २०८३

अन्तर्राष्ट्रिय संस्था ‘आइसाना’ को सचिवमा चुनिए गोरखाका बञ्जारा


शनिबार, कार्तिक २७ २०७८
775
Shares

गोरखा । अष्ट्रेलियास्थित अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र र अन्तर्राष्ट्रिय विद्यार्थीको वृहत्तर हितमा काम गर्ने संस्था ‘आइसाना’को सचिवमा गोरखाका शिव बञ्जारा चयन भएका छन्। लामो समयदेखि अस्ट्रेलिया बस्दै आएका बञ्जरा उक्त संस्थाको समितिमा चयन हुने पहिलो नेपाली हुन्। 

न्यू साउथ वेल्स र राजधानी अष्ट्रेलियन क्यापिटल टेरीटोरीको सेन्ट्रल क्विन्जल्याण्ड युनिभर्सिटी सिड्नीमा सम्पन्न साधारण सभाले उनलाई सचिवमा चयन गरेको हो। 

शहीद लखन गाउँपालिका ९ नाम्जुङ घर भइ हाल अस्ट्रेलिया बस्ने बन्जरा दुई वर्षे कार्यकालका लागि सचिव पदमा निर्विरोध निर्वाचित भएका हुन्। युनिभर्सल थट कन्सल्टका प्रबन्ध निर्देशक बन्जराले उक्त पदमा रहेर अन्तर्राष्ट्रिय विद्यार्थीहरू र शिक्षा क्षेत्रको बृहत्तर हितको लागि महत्वपूर्ण कार्ययोजना तयार गरेर कार्यान्वयनमा आफ्नो भूमिका रहने बताए।

उक्त संस्थाको अध्यक्षमा युरोपियन मुलकी एनेट काल्काजिन्स्का निर्वाचित भएकी छिन्। उनी सेन्ट्रल क्विन्जल्याण्ड युनिभर्सिटीमा कार्यरत छिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार