• सोमबार, असोज ५ २०८३

पूजा शर्माको अर्को फिल्म फागुन २७ मा


शनिबार, कार्तिक २७ २०७८
555
Shares

महामारीका कारण रोकिएको ‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा प्रदर्शन गर्ने घोषणा गरे लगत्तै पूजा शर्माले अर्को फिल्मको घोषणा गरेकी छिन् । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ पनि अब यही साल प्रदर्शन हुने भएको छ ।

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको म्युजिकल लभस्टोरी सिनेमा फागुन २७ गते ९मार्च ११० मा देशव्यापी प्रदर्शन हुने भएको छ । सिनेमाले शुक्रबार रिलिज डेटसहितको पोस्टर सार्वजनिक गरेको छ ।

अघिल्लोपटक कोरोभाइरस संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनले दुईपटक सिनेमाको प्रदर्शन मिति पोस्टपोन्ड भैसकेको छ । ुसम्हालिन्छ कहिले मनुको जारी पोस्टरमा तीन मुख्य पात्रलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

कभर गायक सोनम तोप्देनले यही सिनेमाबाट अभिनयमा डेव्यु गर्दैछन् । उनी बलिउडका चर्चित गीतमा कभर संस्करणमा रुचाइएका गायक हुन् । रोमान्टिक जनरमा सिनेमा बनाउन खप्पिस निर्देशक सुदर्शन थापाले सिनेमाको निर्देशन गरेका हुन् ।

सिनेमाका निर्माता अमित बस्नेत, परी राना र अजितकुमार थापा हुन् । बेलायत र नेपालमा छायांकन गरिएको म्युजिकल लभस्टोरी सिनेमालाई दर्शकले मन पराउने विश्वास निर्माता अजित कुमार थापाले लिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार