• सोमबार, असोज ५ २०८३

रेडियो नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा खुलायाे जागिर


शनिबार, कार्तिक २७ २०७८
700
Shares

रेडियो नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको छ।

आज सूचना प्रकाशन गर्दै रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले विभिन्न पदमा ३९ जना माग गर्दै आवेदन खुला गरेको छ।

ईञ्जिनियर ३ जना माग भएको छ। सबैभन्दा धेरै प्राविधिक सहायक पदका लागि आवेदन खुलेको छ। १० जना प्राविधिक सहायक माग भएको हो।

वरिष्ठ प्राविधिक सहायक ७ जना माग भएको छ। अन्य १९ जना भने विभिन्न पदका लागि छन्। लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत् यी पदमा पदपूर्ति गर्न लागिएको हो।

आजदेखि २१ दिनभित्र इच्छुकहरूले आवेदन दिन सक्नेछन्।

यसबारे विस्तृत सूचना आजको गोरखापत्रमा प्रकाशित छ। रेडियो नेपालको वेबसाइटबाट आवेदन फारम डाउनलोड गर्न सकिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार