• आइतबार, भाद्र २१ २०८३

सिभिल अस्पतालमा मिदासको चिकित्सकसँग ‘अनलाइन अपोइन्टमेन्ट’ सेवा


शुक्रबार, कार्तिक २६ २०७८
630
Shares

मिदास टेक्नोलोजी प्रालिले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ। बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने मिदासले जनाएको छ।

विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

मिदास टेक्नोलोजी स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा कार्यरत कम्पनी हो। विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ। मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ।

हाल, मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेम मेरोडक्टरडटकम मार्फत अनलाइन टेलिमेडिसन सेवा प्रदान गर्दै आइरहेको छ।

साथै, मेरो डाक्टर मोबाइल एप तथा वेभ मार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरूसँग बिरामीले दैनिक रुपमा बिहान ७ बजेबाट राती ९ बजेसम्मको समयमा तत्काल निःशुल्क परामर्श लिन सकिने मिदासले जनाएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार