गोरखा । गोरखामा लागु औषध चरेससहित एक महिला पक्राउ परेकी छन् । अजिरकोट गाउँपालिका ५ चनौटेबाट १५ किलो दुईसय ग्राम चरेससहित एक महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङ रहेकाे डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
बुधबार राती १ः३० बजे बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा. २० च ९३३२ नम्बरको जीपमा चेकजाँच गर्दा महिलाले पहेँलो रङको बोराभित्र पोलिथिन प्लास्टिकको झोलामा लुकाइछिपाइ ल्याइएका सो परिमाणको चरेश फेला परेको डिएसपी दाहालले जनाए ।
उनीविरुद्ध लागु औषध चरेस शीर्षकमा बिहिबार मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएकाे उनले बताए ।