• सोमबार, असोज ५ २०८३

सामाजिक सञ्जालबाट ठगीका घटना बढ्दाे, गोरखामा एकै दिन ४ जनाकाे फेसबुक ह्याक


बिहिबार, कार्तिक २५ २०७८
1.2K
Shares

गोरखा । बुधबार जिल्लाका ४ जना भन्दा बढिको फेसबुक एकाउन्ट ह्याक भएको छ । राजु श्रेष्ठको नामबाट खोलिएको फेसबुक एकाउन्टबाट फ्रेण्ड रिक्वावेस्ट पठाउँदै ह्याकेरले आफन्त र साथीहरुसँग पैसा समेत असुलेको छ ।

गोरखा नगरपालिका ६ निवासी आनन्दकाजी गुरुङ, वडा नम्बर १० का प्रदिप कुँवर, वडा नम्बर ७ का दुर्गाप्रसाद बन्जाडे लगायतका व्यक्तिहरुको फेसबुक एकाउन्ट ह्याक भएको छ । उनीहरुले साथीभाई र आफन्तहरुको एकाउन्ट मार्फत सार्वजानिक सन्देश जारी गर्दै उक्त कुराको पुष्टि गरेका छन् ।

‘मंगलबार बेलुका साडे ९ बजे तिर राजु दाईको नाममा फ्रेण्ड रिक्वाइन्ट आयो भोलि बिहान ९ बजे जुम मिटिङ छ जोइन हुनुपर्छ भन्यो,’ आनन्दकाजी गुरुङले भने,‘अनि जुम आइडी पठायो, एक पटक ओपन गरेर फेरी त्यही लिङ्क पठाउनु भन्यो अनि मैले पठाएर सुतेँ ।’ उनीले बिहान उठेर हेर्दा त फेसबुक एकान्ट ह्याक भइसकेको थियो । ह्याकरले कतिपय व्यक्तिसँग पैसा असुलीसकेको टेलिफोन मार्फत उनले थाहा पाए ।

‘बिहान ८ बजे हेर्दा त भटाभट म्यासेज आयो । इमजेन्सी प¥यो इसेवामा पैसा हाल्दिनुहोस म पछि फिर्ता गर्छु भन्दै सबैसँग मागेछ । कतिपयले पैसा हालिसकेको रहेछन्,’ उनले भने,‘त्यसपछि म पुलिसमा गएर भने ।

ह्याकरले गुरुङ बनेर चाइनिजधाराका एक व्यक्तिको इसेवा इकाउन्ट पासवर्ड समेत मागेर त्यसैलाई प्रयोग गरेको उनले बताए । गुरुङका साथीहरु कर्णबहादुर गुरुङले २५ हजार, सरोज मास्के १० हजार र बिरबल घलेले २ हजार हालिदिएको उनले बताए । यसैगरी छेवेटारका प्रदिप कुँवरको पनि त्यही प्रक्रिया गरी फेसबुक ह्याक भएको छ ।

उनका साथी रेशम ढकाल क्षेत्रीको इसेवा आइडीबाट ३ हजार रुपैयाँ समेत ह्याक गरी लगेको उनले बताए । ‘मलाई पनि जुम आउन भन्यो, दाईले भने पछि हुन्छ भने ह्याकर भन्ने मलाई हेक्कै भएन,’ उनले भने, ‘सबै तिर पैसा मागेपछि पो किन पैसा चाहियो भनेर साथीभाई आफन्तको धमाधम फोन आउन थाल्यो । बल्ल फेसबुक ह्याक भएको रहेछ भन्ने थाह भयो ।’

ह्याकरले अन्य व्यक्तिहरुलाई रिक्वाइन्ट पठाएको र पुराना साथीहरुसँग पनि कुराकानी गरिरहेको राजु श्रेष्ठले बताए । अहिले सबै थाहा पाइसकेकाले पैसा नमागे पनि एकाउन्ट आफ्नो पहुँचमा नआइसकेको उनले बताए । फेसबुक ह्याक भएका व्यक्ति राजनितक दलका नेता, व्यापारी व्यवासयी र प्रहरी समेत छन् । समाजका उच्च पदस्थ व्यक्तिको पहिचान गरी रकम उठाउने हेतुले ह्याक गरेको हुन सक्ने देखिन्छ ।

फेसबुक ह्याक भएको बारे कुनै लिखित उजुरी नआएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । नियमत लिखित निवेदन नआएसम्म खोजी गर्न कठिनाइँ हुने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए ।

‘अहिले फेसबुक ह्याक गरेर ठगि गर्ने गिरोह सक्रिय भएको छ । यसबाट चनाखो रहन म सबैलाई आग्रह गर्दछु,’ उनले भने, ‘यदी केही समस्या भए प्रहरीमा उजुरी पनि गर्नु होला ।’ फेसबुकमा आउने अनावश्यक रिक्वाइस्ट एस्सेप्ट नगर्न, चिनेका व्यक्तिले पठाएको लिङ्कहरु पनि पुष्टि गरेर मात्र खोल्न, जथाभावी लिङ्कहरु नखोल्न उनले आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार