• बिहिबार, साउन १४ २०८३

बुधबार ४ सय ४० कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु


बुधबार, कार्तिक २४ २०७८
630
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ४०७ जनाको पीसीआर परीक्षणमा ३८७ र १ हजार ४०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४७४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार