• बिहिबार, साउन १४ २०८३

मंगलबार ५ सय ३३ जनामा कोरोना संक्रमण, १ जनाकाे मृत्यु


मंगलबार, कार्तिक २३ २०७८
620
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जना गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भइ घर फर्कनेको संख्या ४८४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या सात हजार ६१२ रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार