• सोमबार, असोज ५ २०८३

विमानस्थलबाट बाहिर निस्कन निःशुल्क बसको व्यवस्था


मंगलबार, कार्तिक २३ २०७८
690
Shares

त्रिभुवन विमानस्थलमा ओर्लिएर मुख्य सडकसम्म आउनको लागि हिँड्नुपर्ने तथा ट्याक्सीलाई चर्को भाडा तिर्नुपर्ने समस्या हटेको छ। सोमबारदेखि त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क बस सेवा सञ्चालन भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुईवटा माइक्रोबस सञ्चालन गरेको हो। माइक्रोबस उपयोगमा ल्याएपछि यात्रुहरूलाई ट्याक्सी चढ्नुपर्ने झन्झट नहुने बताइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले हिजाे साेमबार उक्त बससेवाको उद्घाटन गरेका हुन्।

उनले  विमानस्थलमै पुगेर उक्त बससेवाको प्रारम्भ गरेकाे पर्यटन मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए। उनका अनुसार दुईवटा मात्रै बसले कम हुने भएकोले थप दुईवटा बसको व्यवस्था गर्नसमेत प्राधिकरणलाई आग्रह गरिएको छ।

विमानस्थलमा आन्तरिक उडानबाट आएका यात्रुलाई ट्याक्सीले चर्को मूल्य लिँदै आएको छ। छोटो रुटमा पनि चर्को मूल्य तिर्नुपरेपछि यात्रुहरूले गुनासो गर्दै आइरहेका थिए। अब यात्रुले गोल्डेन गेटबाट बस प्रयोग गर्न सक्नेछन्। उक्त बसबाट झरेर यात्रुलाई रिङरोडमा गुड्ने सार्वजनिक यातायात प्रयोग गर्न सहज हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार