गोरखा । अरब सागरमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त मौसमी प्रणालीका कारण देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार मंगलबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना भने कायमै रहनेछ ।
केहिदिन यता देशभर चिसो समेत बढ्दै गएको छ। विशेषतः अहिले बिहान र बेलुका बढी मात्रामा चिसो हुने गरेको छ भने बिस्तारै दिउँसो पनि जाडो महसुस हुन थालेको हाे।