• सोमबार, असोज ५ २०८३

लिभरपुलको पहिलो हार


सोमबार, कार्तिक २२ २०७८
1.2K
Shares

इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको यो सिजनको पहिलो हार हो ।

वेस्ट ह्यामको जितमा पाब्लो फोर्नाल्स र जौमाले एक एक गोल गर्दा लिभरपुलका गोलरक्षक एलिसनले आत्माघाती गोल गरे । लिभरपुलको लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र  डिभोक ओरिगीले गोल गरे ।

जितसँगै वेस्ट ह्याम ११ खेलमा ७ जित, २ बराबर र २ हारसहित २३ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित लिभरपुल ६ जित, ४ बराबरी र १ हार सहित २२ अंक बनाएर चौथो स्थानमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार