• सोमबार, असोज ५ २०८३

ह्वात्तै बढ्यो सुनको भाउ, कति छ आजकाे मुल्य ?


सोमबार, कार्तिक २२ २०७८
535
Shares

सोमबार नेपाली बजारमा सुनको भाउमा उछाल देखिएको छ।

तिहारपछि पहिलोपटक बजार खुलेको दिन सोमबार सुनको भाउ गत बिहीबारको तुलनामा प्रतितोला १५ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५०० पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार पुगेको छ। 

त्यस्तै चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेर १२५० पुगेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार