• सोमबार, असोज ५ २०८३

सल्यानमा बस दुर्घटना, ८ जनाको मृत्यु


आइतबार, कार्तिक २१ २०७८
1.5K
Shares


काठमाडौं । सल्यानमा दाङ जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए ।

सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका— ५ स्थित खारखोलामा दुर्घटना भएको हो ।

डीएसपी थापाका अनुसार बस सडकबाट २०० मिटर तल खसेको छ । दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि सल्यानकै श्रीनगर लिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार