• सोमबार, असोज ५ २०८३

नेइमार र एम्बाप्पेको गोलमा पीएसजीको जित


आइतबार, कार्तिक २१ २०७८
930
Shares


एजेन्सी । फ्रेन्च लिग वानमा पिएसजीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ।

गएराति भएको खेलमा बोर्डिक्सलाई हराउँदै पिएसजीले लिगमा दोस्रो स्थानको लेन्ससँग १० अंकको अग्रता कायमै राखेको हो।

स्टार खेलाडीले भरिएको पीएसजीलाई जिताउन नेइमारले दुई तथा केलिएन एम्बाप्पेले १ गोल गरे। खेलको २६ औं मिनेटमा नेइमारले गोल गर्दै पीएसजीलाई सुरूआती अग्रता दिलाए। यस्तै खेलको ४३ औं मिनेटमा नेइमारले नै गोल गर्दै अग्रता दोब्बर पारे।

पहिलो हाफमा २—० ले अग्रता लिएको पिएसजीले दोस्रो हाफको ६३ औं मिनेटमा तेस्रो गोल थप्यो। उसका लागि एम्बाप्पेले गोल गरे।

दोस्रो हाफमा उत्कृष्ट लय बनाएको बोर्डिक्सले दुई गोल फर्काए पनि खेल बराबरीमा ल्याउन सकेन। खेलको ७८ औं मिनेटमा अल्ब्रेथ इलिसले गोल गर्दै खेलमा फर्कने संकेत दिए। निर्धारित समय सकिएपछिको थप समयमा नियाङले गोल गरे। तर बराबरीका लागि पर्याप्त भएन। पीएसजीले ३—२ गोलअन्तरले खेल जित्यो।

योसँगै पीएसजीले लिग तालिकामा १३ खेलपछि ११ जित निकाल्दै ३४ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको नाइसको पनि १३ खेलपछि २४ अंक भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार