• सोमबार, असोज ५ २०८३

४ लाख ४३ हजार नगदसहित १६ जना जुवाडे पक्राउ


आइतबार, कार्तिक २१ २०७८
1K
Shares


काठमाडौं । प्रहरीले ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटेको टोलीले चन्द्रागिरी नगरपालिका वडा नं. १४ पुरानो नैकाप स्थित शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति ९ बजे १६ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १६ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए ।
उनीहरूबाट चार लाख ४३ हजार ३ सय रुपैयाँ बरामद गरेको छ।

पक्राउ व्यक्तिसँग प्रहरीले नगद, २० बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार