• सोमबार, असोज ५ २०८३

एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते


आइतबार, कार्तिक २१ २०७८
945
Shares


ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी छ जना घाइते भएका छन्।

गए राति मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको थियो।

बिरामी लिएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ जाँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्केडाँडामा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर मैवाखोला २ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्स साँघुरो सडकबाट झन्डै ५० मिटर तल खसेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार