• सोमबार, असोज ५ २०८३

बलिउड फिल्म ‘सूर्यवंशी’ ले फर्कायो हलमा दर्शक


आइतबार, कार्तिक २१ २०७८
680
Shares


कोरोनाको कारण करिब दुई वर्षदेखि सुनसान रहेका फिल्म हलमा फेरि रौनक छाएको छ । यो रौनक ल्याउने काम बलिउड फिल्म ‘सूर्यवंशी’ ले गरेको हो । शुक्रबार बलिउडसँगै नेपालमा पनि रिलिज भएको यो फिल्मले शुक्रबार र शनिबार राम्रो दर्शक पाउन सफल भएको छ ।

बहुप्रतीक्षित सूचीमा रहेको यो फिल्मले शुक्रबार र शनिबार दर्शक राम्रो पाएको वितरक मनोज राठीले बताए । ‘सूर्यवंशी’ ले दर्शक हलसम्म तान्छ भन्ने विश्वास त थियो तर यतिधेरै दर्शक आउँछन् भन्ने लागेको थिएन,’ राठीले भने, ‘तिहारको विदाले हो वा के कारणले हो फिल्म हेर्न आए ।’ सूर्यवंशीले कोरोना अगाडि झै फिल्म हलमा दर्शक फर्काएको ,राठीले थपे ‘फिल्मको रिभ्यु राम्रो आएको छ । भोलिदेखि झन् दर्शक बढ्न सक्छन् ।’ सूर्यवंशीले दर्शक हलमा फर्काएका बताएका राठीले अव नेपाली फिल्मले पनि राम्रो व्यवसाय गर्ने देखिएको उत्साहजनक प्रतिक्रिया दिए ।

एकसाथ सय पर्दामा रिलिज भएको फिल्मले शनिबार धेरै हलमा हाउसफूलको व्यवसाय गरेको बताइएको छ । सूर्यवंशीलाई मल्टिप्लेक्सले उच्च शोज दिएको छ । बलिउडमा समेत यो फिल्मले राम्रो व्यवसाय गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

रोहित शेट्टीको निर्देशन रहेको सूर्यवंशीमा अक्षयकुमार र कैटरीना कैफ मुख्य भूमिकामा छन् । फिल्ममा अजय देवगण र रणवीर सिंहको समेत अतिथि भूमिका रहेको छ । कोरोनाका कारण पटक पटक रिलिज मिति सारिएको यो फिल्मले बलिउड फिल्मलाई समेत लयमा फर्काउने विश्वास बलिउडकर्मीमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार