• सोमबार, असोज ५ २०८३

लाठी प्रहारबाट श्रीमतीको मृत्यु


आइतबार, कार्तिक २१ २०७८
725
Shares


दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ।

गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ।

उनी थापाका कान्छी श्रीमती हुन्। हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार