यसपटकको जनगणनामा विदेशमा रहेका नेपालीको पनि विवरण संकलन गरिने भएको छ।
यही कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म १२औं राष्ट्रिय जनगणना गरिँदै छ।
यस क्रममा ‘अनुपस्थित सदस्य’का रूपमा विदेशमा रहेका नेपालीको विवरण पनि संकलन गर्न लागिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
विदेशमा रहेका नेपालीको वास्तविक विवरण राज्यसँग नभएको अवस्थामा यो गणनाले त्यसमा मद्दत पुग्ने अपेक्षा गरिएकाे छ।
राज्यसँगग वैदेशिक रोजगार विभागसँग श्रमस्वीकृति लिएर विदेश गएका नेपालीको मात्रै संख्या छ । विभिन्न समस्याका कारण अन्य माध्यमबाट विदेश पुगेका नेपालीको एकिन तथ्यांक सरकारसँग छैन।
अब यसपटक जनगणना गर्दा सम्बन्धित परिवारसँग उनीहरूका कति सदस्य विदेशमा छन् भनेर सोधेर विवरण संकलन गरिने भएको हो।