• सोमबार, असोज ५ २०८३

ग्याँस विस्फोट हुदा ललितपुरमा चार जनाकाे मृत्यु


शनिबार, कार्तिक २० २०७८
740
Shares

ललितपुर। शुक्रबार साँझ ललितपुरको मंगलबजारमा ग्यास विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ ।

मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा लक्ष्मीकृष्णको दम्पतिसहित चार जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

चारजनाको शव घटनास्थलबाट निकालिएको प्रहरीले जानकारी दिएको छ । घटनामा थप २ जना घाइते भएका छन् ।

प्रहरी घटनास्थलमा पुगेको छ । विस्फोटपछि सो घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार