गोरखा । गोरखा र तनहुँकाे सिमानामा दुई महिला लुटिएका छन् । गोरखाकाे पालुङटार नगरपालिका वाड नम्बर ७ च्याङली र तनहुँकाे बिमलनगरकाे सिमानामा रहेकाे जंगलमा गोरखा मझुवाका २ महिला लुटिएका हुन ।
लुटिने आमाछाेरी रहेकाे प्रहरीले जनाएकाे छ । डुम्रे बजारबाट घर फर्कदै गरेका आमाछाेरी माथि शुक्रबार साँझ ७ बजे रड प्रहार गरेर अज्ञात समूहले गरगहना लुटेर लगेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे गोरखाका डिएसपी प्रकाश दाहालले सिभिलखबरलाई जानकारी दिए ।
बर्ष ६० कि भिमकुमारी क्षेत्री र उनकी छाेरी बर्ष २१ की अम्बिका क्षेत्री माथी अपरिचित दुई जनाकाे समुहले रड प्रहार गरि घाइते बनाएर कानमा लगाएकाे करिब आधा ताेला सुनकाे रिङ्ग लुटपाट गरेको प्रहरीले जनाएको छ ।
रड प्रहारबाट घाइते दुवैलाई तत्काल स्थानीयले उद्दार गरि डुम्रे लगिएकाे र आमा भिमकुमारीकाे आँखामा गहिराे चाेट लागेकाले पाेखरा उपचारका लागि लगिएकाे डिएसपी दाहालले बताए । साथै उनले लुटेराकाे गोरखा र तनहुँ दुवै तर्फ खाेजी भइरहेकाे जानकारी दिए ।