गोरखा । गोरखामा एक लाख रुपैयाँसहित जुवाको खालबाट ९ जना पक्राउ परेका छन् । गोरखा नगरपालिका–८ चाइनिजधाराको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्बर- ८ का मन्दीप श्रेष्ठ, विवश केसी, मनोज खत्री, जीवन बिसी, वडा नम्बर ६ का गणेश बराम र शहीद लखन गाउँपालिका–८ का रमेश श्रेष्ठ रहेका छन् ।
त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका- ६ का किसान गुरुङ, रौतहटको गरुडा नगरपालिका–२ का फेकु सहनी र महोत्तरीको गौशाला नगरपालिका–७ का भुपेन्द्र शाहलाई पनि पक्राउ गरिएको डीएसपी प्रकाश दाहालले बताए ।
जुवाको खालबाट १ लाख १ हजार ८ सय नगद र तास बरामद गरिएको उनले जानकारी दिए ।
तस्विर : साँकेतिक