• मंगलबार, असोज ६ २०८३

बुबाको हत्या आरोपमा एक जना पक्राउ


बुधबार, कार्तिक १७ २०७८
610
Shares

Modern metal handcuffs. Vector illustration in flat style


कास्की। प्रहरीले आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका— ७ घारिपाटन बस्ने ४८ वर्षीय अनिल परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

अनिलले सोमबार बेलुकी सामान्य विवादको कारण कुटपिट गर्दा गम्भीर घाइते भएपछि पश्‍चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा बुबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार