• बिहिबार, साउन १४ २०८३

बुधबार थपिए ४४७ कोरोना संक्रमित, ७ जनाको मृत्यु


बुधबार, कार्तिक १७ २०७८
655
Shares


काठमाडौं । नेपालमा थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४४७ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार ९१३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

६ हजार ५७७ जनाको पिसिआर परीक्षण र ३ हजार ३३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ९ हजार १२३ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ।

४३९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.५ प्रतिशत छ।

त्यस्तै, काठमाडौं उपत्यकामा १७५ थपिएका छन्। जसमध्ये काठमाडौंमा १३१, ललितपुरमा २७ र भक्तपुरमा १७ संक्रमित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार