• मंगलबार, असोज १३ २०८३

हिमालय एअरलाइन्सले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नयाँ विमान थप गरे


मंगलबार, फाल्गुन २० २०७६
1.2K
Shares

नेपालको निजी अन्तर्राष्ट्रिय एअरलाइन्स हिमालय एअरलाइन्सले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसर पारेर नयाँ ए ३१९–११५ विमान थप गरेको घोषणा गरेको छ ।

क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएका छन् ।

धेरै पखाईमा रहेको नयाँ विमान एमएसएन ९०२०, दर्ता नम्बर ९ एन–एजेके, स्थानीय समय २२ः२० मा विमानस्थलमा अवतरण भएको हो ।

यो नयाँ विमानको प्रवेशसँगै हिमालय एअरलाइन्ससँग तिन एअरबस ए३२०–२१४ र एक एअरबस ए३१९–११५ गरी चारवटा विमान हुने भएका छन् ।

हालै समावेश गरिएको एअरबस ए३१९–११५ छोटो देखि मध्यम दूरीको उडान भर्ने एअरबस ए–३२० परिवारकै विमान हो । एअरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमान हो जसले व्यावसायिक यात्रीहरुलाई ल्याउने लाने गर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार