• मंगलबार, असोज ६ २०८३

धनी र सफल बन्न चाहनुहुन्छ भने पछ्याउनुहोस् संसारका यी ६ सफल व्यापारीले सिकेका पाठ


बुधबार, कार्तिक १७ २०७८
565
Shares


एजेन्सी । यस वर्ष कात्तिक १८ गते लक्ष्मीपूजा मनाइँदैछ । यस दिन धनको देवी लक्ष्मीको पूरा गरेर सुख समृद्धिको कामना गरिन्छ । यस्तोमा आज हामी तपाईंलाई संसारका १० धनी व्यक्तिहरुको मनी मन्त्रबारे जानकारी दिँदै छौं । यो मनी मन्त्र हामी सबैलाई काम लाग्न सक्छ ।एजेन्सी ।

१. एलन मस्कः

सम्पत्तिः ३०४ अर्ब डलर

संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कको मनी मन्त्र हार नमान्ने, कडा मिहिनेत र प्यासनको पछि लाग्नु हो । मस्कको स्पेसमा रकेट पठाउने पहिला दुई प्रयास फेल भएका थिए । उनीसँग बाँकी एउटै मात्रै रकेट लञ्चका लागि पैसा बचेको थियो तर उनले हार मानेनन् र तेस्रो प्रयासमा सफलता हासि गरे ।

उनले एकपटक भनेका थिए, ‘मानिसहरुले त्यहि गर्नुपर्छ जसमा उनीहरु प्यासोनेट छन् । यसले उनीहरुलाई केही अन्य चिजबाट भन्दा बढी खुसी राख्नेछ र सफलता दिलाउनेछ ।’

२. जेफ बेजोसः

सम्पत्तिः १९१ अर्ब डलर

अमेजनका संस्थापक जेफ बेजोसले एउटा ग्यारेजबाट कम्पनीको सुरुवात गरेका थिए । उनको मनी मन्त्र नयाँ विचारहरु हुन् जसबाट उनी कहिल्यै पछि हटेनन् । बेजोसका नयाँ विचारकै नतिजाकाम कारण अमेजन यो स्थानसम्म पुग्न सफल भएको हो । क्लाउड सर्भिसमा पनि उनले त्यतिबेला हात हालेका थिए जब कमै मानिसहरुले यसको एबीसी जान्दथे ।

उनले एकपटक भनेका थिए, ‘व्यापारी भोलिका लागि तयार हुनुपर्छ । साहसिक कदमले नै जीवनमा तपाईंलाई अघि बढाउन सहयोग गर्छ ।’

३. बिल गेट्सः

सम्पत्तिः १३७ अर्ब डलर

बिल गेट्स आफूलाई टेक्नोक्रेट भन्छन् र उनका अनुसार प्रविधिमार्फत् संसारलाई थप उत्कृष्ट बनाउन सकिन्छ । गेट्सका अनुसार जे कुराको पनि सुरुवात जतिसक्दो छिटो गर्नुपर्छ । बिल गेट्स १३ वर्षको हुँदा उनले कम्प्युटर प्रोग्रामिङ सुरु गरेका थिए । सन् १९८६ मा गेट्स अर्बपतिको सूचीमा समावेश भएका थिए । उनले भन्ने गर्छन्, ‘सफलताका लागि अवसरको पहिचान हुनुपर्छ । कुनै पनि काम सानो वा खराब हुँदैनन् भन्ने पनि मान्यता राख्नुपर्छ । ’

४. मार्क जुकरबर्गः

सम्पत्तिः ११७ अर्ब डलर

मार्क जुकरबर्गको मनी मन्त्र उनको जोखिम मोल्ने बानी हो । जुकरबर्गका अनुसार जोखिम नमोल्ने तपाईंको बानीले सफलता रोक्ने काम गर्छ । त्यसैले तीब्र रुपमा अघि बढिरहेको दुनियाँमा जोखिम मोल्न आवश्यक छ । तपाईंले के गर्नुहुन्छ, त्यो कुरामा मानिसले खासै ध्यान दिँदैनन्, तपाईंले के उत्पादन गर्नुहुन्छ, मानिसहरुको त्यसमा चासो हुन्छ ।

मार्क भन्ने गर्छन्, ‘सबैभन्दा ठूलो जोखिम कुनै जोखिम नै नलिनु हो । तीब्र रुपमा अघि बढिरहेको दुनियाँमा यदि तपाईं जोखिम मोल्नुहुन्नँ भने तपाईं फेल हुनु निश्चित छ ।’

५. वारेन बफेः

सम्पत्तिः १०४ अर्ब डलर

संसारका दिग्गज लगानीकर्ता वारेन बफेको मनी मन्त्र भ्यालू इन्भेस्टिङ हो । अर्थात्, उनी यस्ता कम्पनीमा लामो समयका लागि लगानी गर्छन् जसको फन्डामेन्टल राम्रो छ र शेयर प्राइस कम । बफे भन्छन्, ‘आखिर म त्यहि शेयर रिटर्न दिन्छु जसको क्वालिटी राम्रो छ । ’ लगानीको आफ्नो यहि शैलीका कारण नै बफे यति सफल छन् ।’

उनी भन्छन्, ‘सधैं लङ्ग टर्म लगानी गर्नुहोस् । राम्रो बिजनेसको भ्यालू समयसँगै बढ्छ र त्यससँगै यसको सेयरको मूल्य पनि ।’

६. मुकेश अम्बानीः

सम्पत्तिः ९५ अर्ब डलर

भीडभन्दा अलग सोच राख्नु एक सफल व्यक्तिको परिचय हो । रिलान्स इन्डष्ट्रिका चेयरम्यान मुकेश अम्बानीमा पनि यही खुबी छ । यसै सोचका कारण मुकेश अम्बानीले टेलिकम इन्डष्ट्रिमा कमाल गरेका छन् । उनले भारतमा असाध्यै महँगो इन्टरनेट डाटाको समस्या पहिचान गरे र यसको समाधान निकाल्दै सस्तो मूल्यमा डाटा मानिसमाझ पुर्याए ।

उनले भन्ने गरेका छन्, ‘समस्याको खोजी गर्न आवश्यक छ । जब समस्याबारे थाहा हुन्छ तब तपाईं त्यसको समाधान निकाल्न सक्नुहुन्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार