• मंगलबार, असोज ६ २०८३

भन्सार छलेर ल्याइएको ५१ लाख रुपैयाँ बराबरको सामान बरामद


बुधबार, कार्तिक १७ २०७८
750
Shares


भारतबाट कपिलवस्तुको सीमा नाका हुँदै बुटवल आइपुगेको ५१ लाख रुपैयाँ बराबरको भन्सार छलेको सामान प्रहरीले बरामद गरेको छ।

लु१ज ३७८७ र लु१ज ४६३६ नम्बरको पिकअप गाडीमा ल्याइएको उक्त भन्सार छलीको सामान प्रहरीले बुधबार बिहान बुटवलबाट नियन्त्रणमा लिएको हो।

भन्सार छलेर ठूलो मात्रामा सामान ल्याइँदै गरेको सूचनाका आधारमा प्रहरीले ती दुई वटा गाडीलाई रोकेको थियो।

गाडीमा रहेको कुर्ता सुरुवाल, जुत्ता, लिपगार्ड, साडी, चुन्नीलगायत जाडोमा प्रयोग हुने सामानहरू बरामद भएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।

पक्राउ परेको २ वटा जिप सहित बरामद भएको समान प्रहरीले करीब ५१ लाख मूल्यांकन गरेको छ । बरामद सामानसँगै जीप चालक सैनामैना— २ का ४० बर्षीय तुलसी थारु र सोही ठाउँका ४० बर्षिय मीनप्रसाद भण्डारी पक्राउ परेका छन् ।

बरामद भएको सामान र पक्राउ परेका चालकसहित दुवैजनालाई थप अनुसन्धान र कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार