• आइतबार, भाद्र २१ २०८३

चीनले नेपाललाई थप १६ लाख डोज खोप सहयोग दियो


बुधबार, कार्तिक १७ २०७८
670
Shares


काठमाडौं । चीनले नेपाललाई १६ लाख डोज सिनोफार्म खोप सहयोग गरेको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी हुन्।

चीनबाट हालसम्म पटक— पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ ।

जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरूआउने प्रक्रियामा रहेको स्वास्थ सचिव रोशन पोखरेलले जानकारी गराए ।

त्यसैगरी कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत अन्य खोप खरीद गर्न कोभ्याक्सलाई आवेदन दिएको स्वास्थ्यमन्त्री खतिवडाले बताए।

राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा सहयोगी हुने समेत बताइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार