गोरखा । अपाङ्गता भएका २५ परिवारलाई असल छिमेकी नेपाल पोखराले खाद्यान्न सहयोग गरेको छ ।

नेत्रहीन संघ गोरखाको आह्वान र गोरखा नगरपालिकाको समन्वयमा प्रतिपरिवार दुई हजार चार सय ८२ रुपैयाँ बरावरको सहयोग गरिएको संस्थाका बरिष्ठ अधिकृत दिनेश केशीले बताए ।
दैनिक गुजारा गर्न पनि कठिन भएका परिवारलाई लक्षित गरी प्रतिपरिवार २५ किलो चामल, दाल ३ किलो, क्वाँटी १ किलो, नून १ किलो, तेल २ लिटर बितरण गरिएको थियो ।
सोमवार भएको उक्त कार्यक्रममा असल छिमेकी नेपालका पूर्व कोषाध्यक्ष पूर्णलाल कायस्थ, कार्यकारी निर्देशक राजु अधिकारी, बरिष्ठ अधिकृत दिनेश केसी, परियोजना अधिकृत सुरेन्द्र दास लगायतको उपस्थिति रहेको थियो ।
