• मंगलबार, असोज ६ २०८३

घट्यो सुन र चाँदीको मूल्य


बुधबार, कार्तिक १७ २०७८
415
Shares


कठामाडौं । नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँ सस्तो भएको छ ।

मंगलबार ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९१ हजार ५०० रुपैयाँ तोकिएको छ । यता आज तेजावी सुनको मूल्य ९१ हजार रुपैयाँ छ ।

यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य आज एक हजार २२५ रुपैयाँ तोकिएको छ । मंगलबार एक हजार २५० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार