गोरखा । गोरखा नगरपालिका वडा न. ६ स्थित आरुघाट टिकट काउ्नटर नजिकै ह्वाइट पान्डा क्याफे एन्ड सिसा हाउस सञ्चालनमा आएको छ ।


स्थानीय देबेन्द्र गुरुङ र बिदुर गिरिको संयुक्त लगानीमा ह्वाइट पान्डा क्याफे एन्ड सिसा हाउस सञ्चालनमा आएको हो ।
सञ्चालक गुरुङका अनुसार क्याफे आधिकारीक रुपमा हिजो (मंगलबार) देखी सञ्चालनमा आएको जानकारी दिए ।
क्याफेमा हुक्काको सम्पुर्ण सामग्रीहरु होलसेल तथा खुद्रा मूल्यमा बिक्रि गरिनुका साथै पोर्क मोःमो, पिज्जा, कफि लगायत विभिन्न खाजाका परिकारहरु पाइने उनले बताए ।

साथै जिल्लामा नै पहिलो पटक दक्ष तथा अनुभवी शिक्षकहरु बाट फ्लेयरिङ बारटेण्डरको तालिम प्रदान गरिने उनको भनाइ छ ।
उच्च शिक्षा हासिल गर्न जापान पुगेका गुरुङले स्वदेशमै केहि गर्छु भन्ने योजनाका साथ नेपाल फर्केर यस अघि पनि काठमाडौंमा रेस्टुरेन्ट सञ्चालन गरेको थियो तर कोरोना माहामारीका कारण राजधानीको ब्याबसायलाई अघि बढाउन असहज भएपछि आफ्नै गृह जिल्लामा क्याफे सञ्चालन गर्न लागेको जानकारी दिए ।
बारटेण्डरको तालिम लिनको लागि काठमाडौं सम्म जानुपर्ने बाध्यताको अन्त्य गर्दै स्वदेशमै ब्यबासाय गर्न चाहाने तथा वैदेशिक रोजगारीमा जान चाहाने युवाहरूलाई सीप सिकाई सक्षम बनाउनका लागि तालिमको समेत ब्यबस्था गरेको उनले जनाएको छ।
