• बुधबार, असोज ७ २०८३

जङ्गलमा लुकाईराखेको अवस्थामा ५ थान भरुवा बन्दुक फेला


बुधबार, कार्तिक १७ २०७८
1K
Shares


बागलुङको बडिगाड–४ जलजलास्थित भिर जंगलमा ५ थान एकनाले भरुवा भन्दुक फेला परेको छ । लुकाईराखेको अवस्थामा प्रहरीले ती बन्दुक बरामद गरेको हो ।

प्रहरी चौकी ग्लवालीचौरबाट खटिएको गस्ती टोलीले जङ्गलमा बेवारिसे अवस्थामा लुकाईराखेको अवस्थामा बन्दुक बरामद गरेको जनाइएको छ । ती बन्दुक कसले लुकाएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

केही महिना अघि पनि बागलुङकै एक जंगल ओढारमा लुकाईराखेको अवस्थामा बन्दुकहरु प्रहरीले बरामद गरेको थियो ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार