• बुधबार, असोज ७ २०८३

९ लाख बढी रकमसहित कौडा खेलिरहेका २९ जुवाडे पक्राउ


बुधबार, कार्तिक १७ २०७८
775
Shares


प्रहरीले ९ लाखभन्दा बढी रकमसहित तनहुँबाट जुवाडेलाई पक्राउ गरेको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका ८ ढोरफेदीका बिलबहादुर गुरूङको घरमा जुवा खेलिरहेका २९ जनालाई प्रहरीले गए राति करिब १ बजे पक्राउ गरेको हो ।

उनीहरुबाट प्रहरीले ९ लाख ११ हजार चार सय ५ रूपैयाँ रकम समेत बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा घर धनिी बिलबहादुर गुरुङ,भानुभक्त पराजुली, सुरज, रामजाली, निर पुन, रुपेश गुरुङ, प्रकाश गुरुङ, अन्जन गुरुङ, नारायण सिंह थापा, बिकी गुरुङ,दिल चन्द्र पुन, जित बहादुर सुनार, चुडामणी पौडेल,मोहित जुहारचन र रमेश भट्टराई रहेका छन् ।

यस्तै राजु पुन, गोविन्द बिक,पदम बहादुर गुरुङ, भरत गुरुङ, राजु मगर, मुमलाल बिक, रोशन भट्टराई, कृष्ण भट्टराई, दिपक सुनार, प्रकाश भट्टराई, बिष्णु विश्वकर्मा ,मान बहादुर परियार, श्याम गुरुङ, सोम प्रसाद पौडेल र मणिरत्न पौडेल गरी २९ जना पक्राउ परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार