• बुधबार, असोज ७ २०८३

ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु


बुधबार, कार्तिक १७ २०७८
730
Shares


जाजरकोटमा ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो।

मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री रहेको प्रहरीले जनाएको छ।

त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन्। उनी सहचालक हुन्।

घाइतेको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए। ट्र्याक्टर नम्बर भने खुल्न सकेको छैन। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार