• बुधबार, असोज ७ २०८३

आजको मौसम–पहाडी भूभागमा आंशिक बदली


बुधबार, कार्तिक १७ २०७८
520
Shares


हाल देशभर उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।

यसैगरी राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने छ ।

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार