• बुधबार, असोज ७ २०८३

‘बाहुबली’ का निर्देशक राजामौलीको ४५० करोड भारूमा बनेको ‘आरआरआर’ को झलक सार्वजनिक


सोमबार, कार्तिक १५ २०७८
865
Shares


एजेन्सी । सुपरहिट ‘बाहुबली’ का निर्देशक एसएस राजामौलीको आगामी महत्वाकांक्षी सिनेमा ‘आरआरआर’ को झलक सार्वजनिक भएको छ।

दुईवटा फरक समयको कथा प्रस्तुत गर्ने यो सिनेमामा राम चरण तथा एनटिआर जुनियर मुख्य भूमिकामा छन्। उनीहरूसँगै आलिया भट्ट, अजय देवगन, ओलिभिया मोरिस, एलोसन दोडी, रे स्टेभन्सन लगायतको अभिनय छ।

आगामी जनवरी ७ मा रिलिज हुने यो सिनेमाका सबै बिक्री अधिकारबाट अहिलेसम्म देश र विदेशमा गरेर ४ सय करोड भारू कमाइ भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय सिनेमासम्बन्धी वेबसाइट फिल्मीबिटका अनुसार सिनेमाको तेलांगना बिक्री अधिकार करिब २१५ करोड भारूमा बिक्री गरिएको छ बने केरलामा सिनेमालाई १५ करोड भारूमा बेचिसकिएको छ।

सिनेमाको बजेट ४५० करोड भारू भएको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार