• बुधबार, असोज ७ २०८३

साढे ४ लाख बढी रकमसहित २० जुवाडे पक्राउ


सोमबार, कार्तिक १५ २०७८
720
Shares


दाङको घोराहीबाट साढे चार लाख बढी नगदसहित प्रहरीले २० जुवाडे पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ रझेनामा आइतबार राती एक घरमा भइ रहेको जुवामा छापा मारेर प्रहरीले २० जुवाडे पक्राउ गरेको हो।

रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा खेलीरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर २० जना जुवाडेसहित चार लाख ६४ हजार आठ सय ८१ रुपैयाँ नगद बरामद भएको एसपी सुरेश काफ्लेले बताए।

प्रहरी कार्यालयदेखि झन्डै तीन किलोमिटर उत्तरमा पर्ने रझेनास्थित खड्काको घरमा छापा मारेर प्रहरीले साढे चार लाख नगद र जुवाडेले प्रयोग गरेका चारवटा कारहरु समेत नियन्त्रणमा लिएको उनले बताए।

‘जुवाडेले प्रहरीलाई पनि झुक्याए,’ एसपी काफ्लेले भने ‘बाहिरै गाडीमा बसेको एक जना व्यक्तिले लाखौं रुपैयाँ लिएर भाग्न सफल भएको हामीलाई सूचना छ।’

डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार कौडा खेली रहेको अवस्थामा जुवाको खालबाट रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षीय रुपलाल बिक, दाङको घोराही उपमहानगरपालिका १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बुढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही १४ का २९ वर्षीय लालबहादुर अमल, घोराही १५ का ५७ वर्षीय शरद लामिछाने, घोराही १२ का ५२ वर्षीय कुलराज वली रहेका छन्।

त्यस्तै घोराही ४ गोग्लीका ६२ वर्षीय श्रीधर अधिकारी, घोराही ५ का ५७ वर्षीय नवीन पछाँँई, घोराही १५ का ५७ वर्षीय महावीर वली, सोही ठाउँका ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ वर्षीय विकास खत्री, ४२ कै प्रमोद गौतम, घोराही १९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही १६ का ३४ का रवी गिरी, घोराही १८ का ४९ वर्षीय समिर लामा, घोराही १४ का २५ वर्षीय यज्ञ खड्का र घोराही १४ का २४ वर्षीय कमल घर्ती रहेको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय तुलसीपुर र घोराही क्षेत्रबाट प्रहरीले जुवा खालहरुमा छापा मारेर दिनहुँजसो जुवाडेहरु पक्राउ गर्दे आएको छ। पक्राउ परेकाविरूद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार