गोरखा । जिल्ला समन्वय समितिको आयोजनामा आईतवार गोरखाका १० वटा स्थानीय तहको वार्षिक समिक्षा कार्यक्रम भएको छ ।


आईतवारदेखि जिल्ला समन्वय समितिको हलमा सुरु भएको वार्षिक समिक्षा कार्यक्रममा गोरखा नगरपालिका बाहेक अन्य पालिकाको समिक्षा भएको हो ।
भु संरक्षण कार्यालयले २०७७/७८ मा गरेका काम, प्रगती बिवरण, कार्यक्रम, योजना, खर्चको अवस्था र समस्याका बारेमा समिक्षा भएको छ ।
समिक्षा कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, संघ र प्रदेश कार्यालयका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति सांसद हरिराज अधिकारीले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा सांसद लेखबहादुर थापा, प्रकाशचन्द्र दवाडी, जिसस उपप्रमुख जानुकार अधिकारी लगायतले धारणा राखेका थिए ।
आज (सोमवार) गोरखा नगरपालिकासहित अन्य कार्यालय र संघ संस्थाको समिक्षा कार्यक्रम हुने जिसस गोरखाले जनाएको छ ।
