• बुधबार, असोज ७ २०८३

सडक दुर्घटनामा १८ वर्षीय युवकको मृत्यु, एक घाइते


सोमबार, कार्तिक १५ २०७८
775
Shares


तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को १ झ ४० नंको विद्युत्को गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग २१ प ३९२६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गुरुङको मृत्यु भएको हो।

उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय रोशन घर्ती घाइते भएका छन्। उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार