• बुधबार, असोज ७ २०८३

रेमिट्यान्सको पैसा सिधै खातामा ट्रान्सफर गर्न सकिने, एनआईसीले ल्यायो यस्तो सुविधा


आइतबार, कार्तिक १४ २०७८
825
Shares


विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनल (आईपे) बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट क्षेत्रिय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन् ।

योसँग अब मलेसिया, जापान, हङकङ, सिंगापुर, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, बेलायत र मध्यपूर्व (गल्फ) का विभिन्न देशहरुमा बस्दै आएका नेपालीहरुले सहजै आईपेको एजेन्टहरु, मोबाइल एप तथा वेबसाइट मार्फत यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पठाउन सकिने बैंकले जनाएको छ ।

यस सुविधाका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको बैंकले जनाएको छ ।

त्यसैगरी प्राप्त रेमिट सुविधा अन्तर्गत यस बैंकका ग्राहकले आफ्नो नाममा आएको रेमिट्यान्स रकम यस बैंकको कुनैपनि शाखा तथा एजेन्टहरूमा भौतिक उपस्थिति बिनै एनआईसी एसिया मोबाइल बैंकिङ मार्फत सिधै आफ्नो बैंक खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार